शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भारतीय सेनाका प्रधान सेनापति धिरज सेठ आज नेपाल आउँदै

आइतबार, साउन ३१ २०८३

काठमाडौं । भारतीय सेनाका प्रधान सेनापति जनरल धिरज सेठ चार दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

नेपाली सेनाका अनुसार जनरल सेठ आइतबार अपराह्न करिब ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार भ्रमणका क्रममा सोमबार जनरल सेठले राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

जनरल सेठ गत जुन ३० मा भारतीय सेनाको ३१औँ प्रधान सेनापतिका रूपमा नियुक्त भएका थिए । नेपाल भ्रमणका क्रममा उनले नेपाली सेनाका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।