शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

काठमाडौं उपत्यकाका ७ स्थानबाट आइतबार एलपी ग्यास बिक्री हुने

आइतबार, साउन ३१ २०८३

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ।

निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो। ग्यास खरिद गर्न उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

ग्यास बिक्री बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। निगमका अनुसार बिक्री हुने स्थानहरूमा टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी रहेका छन्।

निगमले ती बिक्री केन्द्रमा विभिन्न ग्यास उद्योगबाट सिलिन्डर उपलब्ध गराउने जनाएको छ।

ग्यास अभावका कारण उपभोक्ताले सास्ती व्यहोर्नुपरेपछि अत्यावश्यक अवस्थामा रहेका सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले बिक्रीको व्यवस्था गरिएको निगमले जनाएको छ।