बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुनको मूल्य एकैदिन ४ हजार ६ सय रुपैयाँ घट्यो, कति छ आज ?

शुक्रबार, साउन २९ २०८३

काठमाडौं । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ९० रुपैयाँले घटेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।