शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आज तीन संसदीय समितिको बैठक बस्दै

शुक्रबार, साउन २९ २०८३

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। विभिन्न समसामयिक विषय तथा मानव अधिकारका सवालमा समितिहरूले छलफल गर्ने कार्यसूची तय भएको छ।

बिहान साढे १० बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ। बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल गरी सुझाव संकलन गरिनेछ।

त्यस्तै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूचीसमेत रहेको छ।

यसैगरी, बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ। बैठकमा मानव अधिकारको वर्तमान अवस्था तथा राष्ट्रिय मानव अधिकार आयोगका विभिन्न प्रतिवेदनको कार्यान्वयन अवस्थाबारे छलफल गरिनेछ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक भने दिउँसो साढे २ बजे बस्नेछ। बैठकमा परराष्ट्र मामिलासम्बन्धी समसामयिक विषयमा विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ।

तीनवटै समितिका बैठकमा मानव अधिकार, परराष्ट्र नीति तथा समसामयिक राष्ट्रिय सरोकारका विषयमा केन्द्रित छलफल हुने भएको छ।