शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी : महासचिव पोखरेल

बिहिबार, साउन २८ २०८३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाचार लेखेको वा प्रकाशित गरेको आधारमा पत्रकारलाई गिरफ्तार गर्नु गैरकानुनी तथा प्रेस स्वतन्त्रताविरोधी कदम भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउँदै त्यसलाई गैरन्यायिक र प्रतिशोधपूर्ण कदमको संज्ञा दिएका छन्।

उनले समाचारका स्रोत वा विषयवस्तुप्रति असहमति भए खण्डन गर्ने, प्रेस काउन्सिलमा जाने वा कानुनी उपचार खोज्ने बाटो खुला रहेको उल्लेख गरेका छन्।

तर समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्नु प्रेस स्वतन्त्रताविरोधी हुने उनको भनाइ छ।

पोखरेलले वरिष्ठ पत्रकार श्रेष्ठ निडर र साहसिक पत्रकारिताका लागि परिचित रहेको उल्लेख गर्दै यस्ता अग्रज पत्रकारको आवाज दबाउँदा सत्य र सार्वजनिक चासोका विषयहरू ओझेलमा पर्ने जोखिम रहने बताएका छन्।

उनले श्रेष्ठमाथिको गिरफ्तारीको कडा विरोध गर्दै तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।