शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जाजरकोटमा भूकम्प

मंगलबार, साउन २६ २०८३

काठमाडौँ । जाजरकोटमा आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनीलाई केन्द्रविन्दु बनाएर बिहान ९ बजेर ८ मिनेटमा भूकम्प गएको हो।

केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार भूकम्प ४.१ म्याग्निच्युडको रहेको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन।