काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली आरोहीको शव आज काठमाडौँ ल्याइँदै छ।
परराष्ट्र मन्त्रालयका अनुसार हिमपहिरोमा परी निधन भएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत आज अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्नेछ।
उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने यसअघि नै साउन २१ गते नेपाल ल्याइसकिएको छ।
दुर्घटनामा अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको शव घटनास्थलबाट फिर्ता ल्याउन बाँकी रहेको जनाइएको छ।