शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

सोमबार, साउन २५ २०८३

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले राष्ट्रपति कार्यालयमा प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम, गतिविधि तथा उपलब्धि समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको हो ।