शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सोमबार, साउन २५ २०८३

चितवन । महोत्तरीबाट काठमाडौं आउँदै गरेको बसको ठक्करबाट चितवनमा एक पैदलयात्रीको मृत्यु भएको छ ।

महोत्तरीबाट काठमाडौंका लागि छुटेको बसले आज बिहान खैरहनी नगरपालिका–१ शाहीचोकमा पैदल हिँडिरहेका युवकलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको पहिचान खुल्न नसकेको प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए ।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।