शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

हरि ढकाललाई राप्रपा प्रवक्ता श्रेष्ठको कटाक्ष : तपाईँको नाम ‘गोबर’ राखे हुन्न ?

आइतबार, साउन २४ २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कटाक्ष गरेका छन्।

ढकालले आज एक कार्यक्रममा बोल्दै नेपालमा सिंह नै नभएकाले ‘सिंहदरबार’ नाम उपयुक्त नभएको टिप्पणी गरेका थिए। उनले सिंहदरबारको सट्टा ‘अनामनगर दरबार’ नाम राख्न उपयुक्त हुने प्रस्ताव गरेका हुन्।

ढकालको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै राप्रपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत उनलाई आफ्नो नामसमेत परिवर्तन गर्न सुझाव दिएका छन्।

श्रेष्ठले लेखेका छन्, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन् ! जसको मनमा हरि नै छैन, उसको नामचाहिँ हरि !? गोबर नाम राखे हुन्न ?’