कपिलवस्तु । शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला परेका छन्।
प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार शुक्रबार दिउँसोदेखि परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएका सिंहको खोजी गर्ने क्रममा जंगलमा शव फेला परेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। सिंहको मृत्युको कारण भने खुल्न बाँकी छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्नुका साथै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।