काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। शुक्रबारको तुलनामा प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेपछि आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि शुक्रबार नै सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको थियो।
सुनको मूल्य लगातार उकालो लाग्दै नयाँ उचाइमा पुगेपछि बजारमा यसको प्रभाव र आगामी मूल्यबारे चासो बढेको छ। पछिल्लो वृद्धिसँगै सुन सर्वसाधारणको पहुँचबाट झन् टाढिँदै गएको छ।
लगातार बढिरहेको सुनको मूल्य आगामी दिनमा कुन तहमा पुगेर स्थिर हुन्छ भन्ने विषय अहिले बजारमा चासोको विषय बनेको छ।