ललितपुर । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ललितपुरको बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रम पुग्नुभएको छ।
कार्यकर्तासहित आज आश्रम पुग्नुभएका खड्काले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न किसुनजीको आश्रममा आएको बताउनुभयो।
गत भदौ २४ गते आगजनी भएको आश्रमको खड्काले भदौ २८ गते निरीक्षण गर्नुभएको थियो। त्यसपछि उहाँ आज दोस्रो पटक आश्रम पुग्नुभएको हो।
खड्कासँगै कांग्रेस नेताहरू रामहरि खतिवडा, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, कृष्णप्रसाद पौडेल तथा कर्णाली प्रदेश सभापति ललितजंग शाहीलगायत नेता तथा कार्यकर्ता बाँडेगाउँ पुगेका थिए।