शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रधानमन्त्रीलाई मनिष झाकाे जवाफ : यहाँ कोही एक्लो छैन

शनिबार, साउन २३ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गत राति सामाजिक सञ्जालमार्फत ‘सही समय आउन केही समय लाग्ने’ भन्दै आफू एक्लै लड्नुपर्ने अवस्था आए पनि नआत्तिन आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीको यही अभिव्यक्तिलाई लक्षित गर्दै रास्वपाकै सांसद मनिष झाले सरकारमा कोही पनि एक्लो नरहेको भन्दै ‘साथ’को सम्झना गराएका छन्।

यसअघि शुक्रबार मध्यराति पनि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत छोटो प्रतिक्रिया दिँदै ‘ढिलो होला तर, गलत हुँदैन, नआत्तिनुहोस्’ भनेका थिए।

प्रधानमन्त्री शाहले लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

प्रधानमन्त्रीको ‘एक्लै लड्ने’ संकेतलाई सांसद झाले भने केही सच्याउनुपर्ने सन्देशका रूपमा लिएका छन्। उनले परिवर्तनका लागि प्राप्त महान् जनादेशको सरकारमा ‘कोही एक्लो नभएको’ स्पष्ट गरेका छन्।

झाले भनेका छन्, ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ।’ उनले सदनमा आफूले हिजो भनेझैँ सरकारको नियत र आशयमा शङ्का नरहेको, तर सुधार गर्नैपर्ने केही पक्ष रहेको बताएका छन्।

झाले  ऐतिहासिक अवसर खेर जान नदिन सरकारलाई सजग गराउने र सचेत गराउने काम निरन्तर गर्ने भन्दै झाले जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने बताएका छन्।