शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्रियसभाकाे बैठक स्थगित, अब साउन २७ गते बस्ने

शुक्रबार, साउन २२ २०८३

काठमाडौं । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ। अब राष्ट्रियसभाको बैठक साउन २७ गते बुधबार दिउँसो १ः१५ बजे बस्ने भएको छ।

संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक पुनःनिर्धारण गरेका हुन् ।

यसअघि आजका लागि तय गरिएको बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।