बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।
मंगलबार इँटा भट्टाको पर्खाल भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय राम फेरन कोरीको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
पर्खाल भत्किँदा गम्भीर घाइते भएका कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृतक लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।