शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात अवरुद्ध

बुधबार, साउन २० २०८३

चितवन  । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान पहिरो खस्दा सडक दुवैतर्फबाट अवरुद्ध भएको छ।

पहिरो खसेपछि सडकखण्डमा सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम तत्काल सुरु गरिएको छ। त्यसका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरी आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरिएको छ।

पहिरो पन्छाएपछि सडकखण्डमा यातायात सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ। वर्षा भइरहेकाले उक्त सडकखण्डमा थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।