शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कप्तानगञ्ज घटनामा थप एकको मृत्यु, मृतकको संख्या चार पुग्यो

मंगलबार, साउन १९ २०८३

काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको झडपमा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा घाइते रबिन्द्र मेहताको मंगलबार बिहान काठमाडौंस्थित महाराजगञ्जको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसअघि सोही घटनामा घाइते भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भइसकेको थियो। रबिन्द्रको समेत मृत्यु भएपछि कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ भने यस घटनामा मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ ।

गत आइतबार राति कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो।

घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। गम्भीर घाइते देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो।

घटनापछि कप्तानगञ्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। घटनामा घाइते भएका अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।