बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुनचाँदीको मूल्य घट्यो

आइतबार, साउन १७ २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारको तुलनामा आज सुन तोलामा रु १ हजार ८०० र चाँदी रु ४५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २०० मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ३१५ कायम भएको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८५ हजार र चाँदी रु ४ हजार ३६० मा कारोबार भएको थियो।

यसअघि बिहीबार सुन प्रतितोला रु २ लाख ८४ हजार र चाँदी रु ४ हजार ३१० मा कारोबार भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ६३ अमेरिकी डलर तथा चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।