आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, साउन १३ २०८३

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ।

सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३:०० बजे बस्ने तय भएको छ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, विभिन्न नीतिगत प्रस्ताव र नियमित सरकारी एजेन्डामाथि छलफल तथा आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ। सरकारले भने बैठकको विस्तृत कार्यसूची सार्वजनिक गरेको छैन।