काठमाडौं । सिद्धार्थ बैंकसँग सम्बन्धित विषयमा आफूहरू पीडित भएको दाबी गर्ने समूह दिलिप ओलीले बैंकसँग सम्बन्धित गम्भीर आर्थिक अनियमितता भएको आरोप सार्वजनिक गरेका छन्।
पीडित पक्षका प्रतिनिधिहरूले १३३ भन्दा बढी व्यक्ति प्रभावित भएको तथा २० अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
पीडित पक्षका अनुसार विभिन्न कम्पनी तथा व्यक्तिगत खातासँग सम्बन्धित कारोबारमा अनियमितता भएको, आवश्यक कागजात र प्रमाणहरू सम्बन्धित निकायमा बुझाइसकेको तथा घटनाको सत्यतथ्य सार्वजनिक गर्न थप प्रमाणहरू क्रमशः सार्वजनिक गरिने तयारी भइरहेको बताएका छन् ।
पीडित ओली समूहले नेपालमा न्याय नपाएको दाबी गर्दै अब अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा सम्बन्धित निकायसमक्ष पनि आफ्नो विषय लैजाने तयारी गरिरहेको जनाएको छ।
उनीहरूले स्वतन्त्र छानबिन समिति गठन गरी दोषी देखिने व्यक्ति वा संस्थामाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
यद्यपि, २० अर्ब रुपैयाँको घोटाला तथा अन्य आरोपहरू पीडित पक्षका दाबी हुन्। यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्। तर कतिपय पीडितहरु आफ्नो ईज्जत र घराएसी समस्या देखाउँदै सार्वजनिक रुपमा खुलेका छेनन् ।
यस विषयमा सिद्धार्थ बैंकको आधिकारिक प्रतिक्रिया प्राप्त हुन बाँकी नै छ। बैंकको धारणा प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ । तर, ताकि सबै पक्षको भनाइ समेटिएको सन्तुलित समाचार पाठकसमक्ष प्रस्तुत गर्न सकिने अबस्था रहने छ ।
सिद्धार्थ बैंकबाट पीडित भएका दिलिप ओलीले आफ्नो २५ करोडको फाइल सार्वजनिक गरेपछि उक्त पीडितहरू आफ्नो समस्या आइपुगेको बताएका छन्।