काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५३.७६ र बिक्रीदर रु १५४.३६ कायम गरिएको छ।
आजका लागि युरोपियन युरो एकको खरिददर रु १७५.८५ र बिक्रीदर रु १७६.५३, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर रु २०६.६० र बिक्रीदर रु २०७.४१, तथा स्वीस फ्र्याङ्क एकको खरिददर रु १९०.३४ र बिक्रीदर रु १९१.०९ निर्धारण गरिएको छ।
त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर रु १०७.१७ र बिक्रीदर रु १०७.५९, क्यानेडियन डलर एकको खरिददर रु १०९.५७ र बिक्रीदर रु ११०.००, तथा सिङ्गापुर डलर एकको खरिददर रु ११९.११ र बिक्रीदर रु ११९.५८ तोकिएको छ।
राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर रु ९.४७ र बिक्रीदर रु ९.५१, चिनियाँ युआन एकको खरिददर रु २२.६९ र बिक्रीदर रु २२.७८, साउदी रियाल एकको खरिददर रु ४०.९४ र बिक्रीदर रु ४१.१०, तथा कतारी रियाल एकको खरिददर रु ४२.१७ र बिक्रीदर रु ४२.३४ कायम गरिएको छ।
यस्तै थाई भाट, यूएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
यसैगरी हङकङ डलर एकको खरिददर रु १९.६१ र बिक्रीदर रु १९.६९, कुवेती दिनार एकको खरिददर रु ५००.०३ र बिक्रीदर रु ५०१.९८, बहराइन दिनार एकको खरिददर रु ४०७.८५ र बिक्रीदर रु ४०९.४४, तथा ओमानी रियाल एकको खरिददर रु ३९९.३६ र बिक्रीदर रु ४००.९१ निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर रु १६०.०० र बिक्रीदर रु १६०.१५ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर केही फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहने उल्लेख गरेको छ।