काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनमा दोस्रो चरणअन्तर्गत पदाधिकारीको निर्वाचन भइरहेको हो।
उपसभापति पदका लागि सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ।
महामन्त्री पदका लागि विपिन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्।
पुरुष सहमहामन्त्री पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, शुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त उम्मेदवार रहेका छन्।
यस्तै, महिला सहमहामन्त्री पदका लागि जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।
यसअघि महाधिवेशनले केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न गरिसकेको छ भने अहिले नयाँ नेतृत्व चयनका लागि पदाधिकारीतर्फ मतदान जारी रहेको छ।