सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन काठमाडौं फर्किए, मतदानमा सहभागी भएनन्

बुधबार, असार १० २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह पार्टीको प्रथम महाधिवेशन नसकिँदै काठमाडौं फर्किएका छन्।

पार्टी सभापति पदका लागि रवि लामिछानेको नाम प्रस्ताव गर्दै उनलाई निर्विरोध निर्वाचित हुन सहयोग  गरेका शाह अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि हुने मतदानमा भने सहभागी नभई राजधानी फर्किएका हुन् ।

सुरक्षा स्रोतका अनुसार शाह भरतपुरबाट हवाई मार्गमार्फत काठमाडौं प्रस्थान गरेका छन्। उनी महाधिवेशन उद्घाटनका लागि असार ७ गते चितवन पुगेका थिए । त्यसयता महाधिवेशनस्थलमै रहँदै आएका थिए ।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज केन्द्रीय समितिको निर्वाचन हुँदैछ। निर्वाचनका लागि ८० वटा विद्युतीय मतदान उपकरण प्रयोग गरिने व्यवस्था गरिएको छ। विदेशमा रहेका प्रतिनिधिहरूले भने मोबाइल एपमार्फत मतदान गर्न सक्नेछन्।

निर्वाचनमा करिब चार हजार प्रतिनिधिले मतदान गर्ने अपेक्षा गरिएको छ। पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य चयन हुनेछन्। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने कार्यक्रम छ।

रास्वपाले प्रविधिमैत्री मतदान प्रणाली अपनाउँदै विद्युतीय उपकरणमार्फत नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो। पार्टीको नयाँ नेतृत्व चयनलाई लिएर महाधिवेशनमा व्यापक चासो देखिएको छ।