सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

भारत प्रस्थान गरे परराष्ट्रमन्त्री शिशिर खनाल

शुक्रबार, जेष्ठ २२ २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आफ्नो भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणामा शुक्रबार भारत प्रस्थान गरेका छन्। रास्वपा नेतृत्वको सरकार गठन भएपछि उनको यो पहिलो उच्चस्तरीय विदेश भ्रमण हो।

भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खनालले भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा दुवै देशका साझा प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिए।

उनले रास्वपा सरकार गठनपछि पहिलो पटक हुन लागेको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, आर्थिक सहकार्य, व्यापार, ऊर्जा, पूर्वाधार विकास तथा आपसी हितका अन्य विषयहरू पनि वार्ताको एजेन्डामा रहने संकेत गरे।

परराष्ट्रमन्त्री खनालको भ्रमणलाई नेपाल–भारत सम्बन्धको समकालीन आयाम र आगामी सहकार्यका सम्भावनाबारे महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।