बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सार्वजनिक कार्यक्रममा आज फर्किंदै अध्यक्ष ओली

बुधबार, जेष्ठ २० २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्।

उनी एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्न काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा उपस्थित हुने कार्यक्रम रहेको छ।

‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक कार्यशालाको उद्घाटन आज बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्य ले जानकारी दिएका छन्।

आचार्यका अनुसार पार्टीको संगठनात्मक सुदृढीकरण, सदस्यता विस्तार र पार्टी गतिविधिलाई थप गतिशील बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा पार्टीका सबै प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटीका अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहनेछ।

कार्यशालामा सदस्यता नवीकरण तथा विस्तार अभियान, संगठन सुदृढीकरण र आगामी कार्ययोजनाका विषयमा छलफल तथा अभिमुखीकरण गरिने एमालेले जनाएको छ।