शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

तोलामा २० हजार ५ सय रुपैयाँले बढ्यो सुन

आइतबार, जेष्ठ १७ २०८३

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभावसँगै स्थानीय बजारमा पनि सुनको भाउ उच्च दरले बढेको महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यमा आएको यो वृद्धि हालसम्मकै उच्चमध्ये एक मानिएको छ।