मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४५३ चालक कारबाहीमा, ११ लाखभन्दा बढी राजस्व सङ्कलन

सोमबार, जेष्ठ ११ २०८३

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको जनाएको छ । उक्त कारबाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०५ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने २३८ जना, रातोबत्ती उल्लङ्घन गर्ने १८४ जना तथा तीव्र गतिमा सवारी चलाउने १८६ जना चालक कारबाहीमा परेका छन् ।

त्यसैगरी लेनक्रस गर्ने १४ जना, सडक फुटपाथ प्रयोग गर्ने १०० जना, हर्न निषेध उल्लङ्घन गर्ने ११९ जना, एकतर्फी सडकमा सवारी चलाउने १३९ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३६८ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रवक्ता सुवेदीले चौबीस घण्टाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही गरी राजस्व दाखिला गरिएको जानकारी दिए ।