मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

एमालेले बल्खुमै नयाँ केन्द्रीय कार्यालय बनाउने, मीनबहादुर गुरुङको भवन प्रस्ताव फिर्ता

सोमबार, जेष्ठ ११ २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बल्खुमै नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ ।

पार्टी सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङ दम्पत्तिबाट दानस्वरूप भवन लिने निर्णय फिर्ता गर्दै आफ्नै जग्गामा भवन निर्माण गर्ने निष्कर्ष निकालेको हो ।

उपमहासचिव लेखराज भट्टका अनुसार कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता गुरुङ दम्पत्तिलाई धन्यवाद दिँदै उक्त प्रस्ताव फिर्ता गरिएको छ । उनले मदननगर बल्खुस्थित पार्टीकै स्वामित्वको जग्गामा नयाँ भवन निर्माण सम्भव रहेको प्रतिवेदन प्राप्त भएकाले सोहीअनुसार अघि बढ्ने निर्णय गरिएको बताए ।

एमाले २०७८ सालदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयबाट सञ्चालन हुँदै आएको छ ।

यसअघि गुरुङ दम्पत्तिले करिब एक अर्ब रुपैयाँ बराबरको भवन दान गर्ने सहमति गरेका थिए । सोही योजनाअनुसार २०८१ असोजमा अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवनको शिलान्याससमेत गरेका थिए ।