मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

जङ्गी अड्डामा पूर्वरथीहरूसँग अन्तरक्रिया

शनिबार, जेष्ठ ९ २०८३

काठमाडौँ । नेपाली सेनाले जङ्गी अड्डामा अवकाशप्राप्त रथीहरूसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा नेपाली सेनाले स्थापनाकालदेखि निर्वाह गर्दै आएको जिम्मेवारी, महत्वपूर्ण कार्य तथा कल्याणकारी गतिविधिबारे समीक्षा गरिएको थियो । साथै राष्ट्रिय सुरक्षासँग सम्बन्धित समसामयिक विषयमा समेत छलफल भएको सेनाले जनाएको छ ।

कार्यक्रममा अशोकराज सिग्देल ले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण र क्षमता विकासका लागि राष्ट्र तथा संस्थाप्रति समर्पित अग्रज नेतृत्वबाट निरन्तर प्रेरणा प्राप्त भइरहेको उल्लेख गर्दै उनीहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गरे ।

नेपाली सेनाका अनुसार यस्ता कार्यक्रमले सेवारत तथा अवकाशप्राप्त सैनिकबीच सम्बन्धलाई निरन्तरता दिनुका साथै प्राप्त राय–सुझावले राष्ट्रिय दायित्व र राष्ट्रिय हितको संरक्षणमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।