काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।
बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको उनको सचिवालयले जानकारी दिएको छ । बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।
गत जेठ ५ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको कार्यविभाजनसम्बन्धी प्रस्तावमाथि छलफल गरी आज त्यसलाई टुङ्ग्याउने तयारी गरिएको छ ।
बैठकबाट पारित हुने कार्यविभाजनलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतका कमिटी तथा सम्बन्धित नेताहरूलाई पठाइने एमालेले जनाएको छ ।