मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरुमाथि छलफल

बिहिबार, जेष्ठ ७ २०८३

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक–२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी, मन्त्री गौतमले मतदाता नामावली (पहिलो संशोधन) विधेयक–२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछिन् । साथै, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक–२०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरूलाई पनि निर्णयार्थ पेश गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यसपछि अर्थमन्त्री वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।