बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

लिग–२ को निर्णायक खेलमा आज नेपाल र ओमान भिड्दै

मंगलबार, बैशाख २२ २०८३

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम तथा छैटौं खेलमा आज नेपाल र ओमान आमनेसामने हुँदैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा बिहान ९ः३० बजे सुरु हुनेछ।

घरेलु मैदानमा भइरहेको यो शृङ्खला नेपालका लागि एकदिवसीय विश्वकप छनोट यात्राको दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ। नेपालले यसअघि यूएईविरुद्ध दुई जित हात पारेको छ भने ओमानसँग पहिलो भेटमा पराजित भएको थियो।

पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग १०२ रनले पराजित भएको थियो। तर तेस्रो खेलमा यूएईविरुद्ध ६ रनको रोमाञ्चक जित निकाल्दै नेपालले पुनः लय समातेको थियो।

आजको खेल नेपालका लागि ‘गर या मर’को स्थितिमा रहेको छ। घरेलु समर्थकको साथमा जित निकाल्ने दबाब टोलीमाथि छ। अर्कोतर्फ ओमान भने त्रिवि मैदानमा नेपालविरुद्ध अहिलेसम्म अपराजित रहँदै आएको छ।

अंक तालिकामा ओमान ३१ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल १६ अंकसहित नवौं स्थानमा रहेको छ। ओमानले २७ खेलमा १४ जित निकालेको छ भने नेपालले २३ खेलमा सात जित हासिल गरेको छ।