बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ऐरीको शतकमा नेपालद्वारा युएईलाई २९० रनको लक्ष्य

शुक्रबार, बैशाख १८ २०८३

काठमाडौं । दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट शतकको मद्दतमा नेपालले युएईसमक्ष २९० रनको चुनौती प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको हो।

ऐरीले ९४ बलमा शतक प्रहार गर्दै टोलीलाई बलियो योगफलतर्फ डोर्‍याए। उनका अतिरिक्त विनोद भण्डारीले ५६, रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रनको योगदान दिए।

बलिङतर्फ युएईका अजय कुमार र जुनैद सिद्धिकीले दुई–दुई विकेट लिए भने तनवीर हैदर अलीले एक विकेट हात पारे।