काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन १३ दशमलव १७ अंकले घटेको नेप्से आज मंगलबार पुन १७ दशमलव ९१ अंकले घटेर २८ सय सात दशमलव ३१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य सात अंकले घटेर चार सय ७० दशमलव ६३ अंकमा पुगेको छ । तीन सय ४७ वटा कम्पनीहरुको ९५ हजार आठ सय पटकको कारोबारमा एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर किनबेच भएको छ भने आज कुल कारोबार रकम पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार आठ सय ७९ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा होटल तथा पर्यटन समुहको सुचक ९७ दशमलव शुन्य आठ अंकले बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुृहको सुचक छ दशमलव ५७ अंकले घटेर १४ सय ५२ दशमलव ९२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५० दशमलव ५२ अंकले घटेर चार हजार ३४ दशमलव ५० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २९ दशमलव ५२ अंकले घटेर १२ हजार छ सय ६३ दशमलव ८६ अंकमा पुगेको छ भचने निर्जीवन बीमा समुहको सुचक पनि ९६ दशमलव ३१ अंकले घटेर १० हजार नौं सय ७७ दशमलव ५५ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज सुर्यकुण्ड हाईड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा दोल्ती पावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सोलु हाईड्रोपावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।