बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपाल–युएई टी–२० सिरिजको दोस्रो खेल आज, जितको खोजीमा नेपाल

मंगलबार, बैशाख ८ २०८३

काठमाडौँ । नेपाल र युएईबीच जारी टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुँदैछ। पहिलो खेलमा युएई विजयी भएपछि नेपाल आज बराबरी गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा टोली घोषणा गरेको छ। नेपालले पहिलो पटक टी–२० र एकदिवसीय क्रिकेटका लागि अलग–अलग कप्तानको अभ्यास गरेको हो।

नेपाली टोलीमा कप्तान ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्।

त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिश जीसी, नारायण जोशी र राशिद खान समावेश छन्।

यसपटक रोहित पौडेल, सोमपाल कामी, करण केसीलगायतका नियमित खेलाडी टी–२० टोलीमा समावेश छैनन्। नयाँ संयोजनसहित मैदान उत्रने नेपालमाथि घरेलु मैदानमा सिरिज जोगाउने दबाब रहेको छ।