बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

संसदीय समिति सभापतिबारे रास्वपाको बैठक, ९ समिति आफैं राख्ने तयारी

बिहिबार, बैशाख ३ २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सिंहदरबारमा जारी रहेको छ। बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा संसदीय दलका नेता वालेन्द्र शाह पनि उपस्थित भएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा प्रतिनिधिसभा अन्तर्गतका १० वटा संसदीय समितिका सभापतिबारे निर्णय लिने तयारी भइरहेको जनाइएको छ।

रास्वपाले सभापतिका उम्मेदवार चयनबारे छलफल गर्दै आवश्यक निर्णय गर्ने बताएको छ। पार्टीले १० मध्ये ९ वटा समिति आफैं राख्ने योजना बनाएको छ भने सार्वजनिक लेखा समिति श्रम संस्कृति पार्टीलाई दिने तयारी गरेको जनाएको छ।

उता नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले भने सार्वजनिक लेखा समितिमा साझा उम्मेदवार उठाउने विषयमा आपसी छलफल गरिरहेका छन्।