बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

संसदीय समिति सभापतिमा विपक्षी दलको छलफल, आज उम्मेदवारी दर्ता

बिहिबार, बैशाख ३ २०८३

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिको सभापति चयनको विषयमा विपक्षी दलहरू छलफलमा जुटेका छन्। आजै सभापतिका लागि उम्मेदवारी दर्ता हुने भएकाले विपक्षी दलबीच साझा धारणा बनाउने प्रयास भइरहेको जनाइएको छ।

कांग्रेस सांसद भीष्मराज आङ्दाम्बेका अनुसार उम्मेदवारी दर्ताअघि सबै विपक्षी दलका नेताहरूलाई बोलाएर छलफल गर्न लागिएको छ। बैठक कांग्रेस संसदीय दलको कार्यालयमा आज दिउँसो १२ बजेबाट सुरु हुने बताइएको छ।

छलफलमा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीलाई आमन्त्रण गरिएको जनाइएको छ। विपक्षी दलबीचको छलफलपछि आगामी रणनीतिबारे निष्कर्षमा पुगिने आङ्दाम्बेले बताएका छन्।

उनका अनुसार सार्वजनिक लेखा समितिमा कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको भए पनि अन्य समितिका सभापतिबारे विपक्षी दलको साझा धारणा बनाएर अघि बढ्ने प्रयास भइरहेको छ।

यता सत्तारुढ दल रास्वपाले पनि समितिका सभापतिका उम्मेदवार टुंग्याउन संसदीय दलको बैठक बोलाएको जनाएको छ।