बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

गृहमन्त्री गुरुङले गरे नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

मंगलबार, बैशाख १ २०८३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको आज अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सम्बन्धित निकाय तथा ठेकेदार कम्पनीलाई निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्न कडा निर्देशन दिए। उनले विकास निर्माणमा हुने ढिलासुस्ती कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।

त्यसैगरी, काममा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उहाँले चिनियाँ ठेकेदार कम्पनीलाई समेत ध्यानाकर्षण गराएका छन्। सडक निर्माणमा भएको ढिलाइका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेको भन्दै यस अवस्थाको छिट्टै अन्त्य गर्न निर्देशन दिए ।

अनुगमनका क्रममा निर्माण कम्पनीका प्रतिनिधिहरूले आगामी १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले निर्माण कार्यलाई तीव्रता दिँदै निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने जनाएका छन्।