बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नयाँ वर्ष २०८३, ‘खील निकाल्ने वर्ष’ मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने

मंगलबार, बैशाख १ २०८३

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई प्रतीकात्मक रूपमा ‘खील निकाल्ने वर्ष’ का रूपमा व्याख्या गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले आगामी वर्ष केही पीडादायी तर आवश्यक परिवर्तनको समय हुने संकेत गरेका हुन्। “खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना,” उनले उल्लेख गरेका छन् ।

उनको भनाइले मुलुकमा विद्यमान बेथिति र पुराना राजनीतिक विकृतिहरू हटाउने प्रक्रियामा केही कठिनाइ र पीडा सहनुपर्ने अवस्था आउन सक्ने संकेत गरेको बुझिन्छ। पछिल्लो समय उहाँ नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी ले भ्रष्टाचार र अव्यवस्थाविरुद्ध कडा रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

यसै अवसरमा लामिछानेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गरे।