काठमाडौं । नेप्से घटेको छ । बिसं २०८२ सालको अन्तिम दिन आज सोमबार नेप्से चार दशमलव १८ अंकले घटेर २८ सय ३३ दशमलव ६० अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४९ अंकले घटेर चार सय ७६ दशमलव ६५ अंकमा पुगेको छ । तीन सय ४२ वटा कम्पनीहरुको एक लाख एक हजार एक सय ८० पटकको कारोबारमा दुई करोड एक लाख ६३ हजार सात सय ९३ कित्ता शेयर खरिद बिक्री किनबेच हुँदा कुल रकम आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार छ सय ४१ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा कमाउँदा बाँकी समुहले गुमाएका छन् । ति मध्ये जलबिद्युत समुहको सुचक ८० दशमलव ३५ अंकले बढेर सात हजार नौं सय ५३ दशमलव २४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५१ दशमलव ६९ अंकले बढेर ११ हजार दुई सय ४५ दशमलव ९६ अंकमा पुगेको छ । होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने सात दशमलव शुन्य तीन अंकले घटेर १४ सय ६८ दशमलव ९० अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ५९ दशमलव ४५ अंकले घटेर १२ हजार आठ सय ४० दशमलव ५३ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, लघुुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज सुपरखुदी हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।