काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सार्वजनिक गरिएको सम्पत्ति विवरणप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले मन्त्रीहरूको सम्पत्तिमा देखिएको सुन तथा धनसम्पत्तिलाई लिएर कटाक्ष गरेका हुन्। “आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भयो, देश लंका बनिसकेछ,” उनले लेखेका छन्।
उनले डाँडाभरि लालीगुराँस फुल्ने मौसममा मन्त्रीहरूको खेतबारीमा भनेका छन् “पहेँलपुर तोरी फुलेको” भन्दै सुनको विवरणप्रति संकेत गरेका छन्। साथै उनले व्यङ्ग्य गर्दै “समृद्धि आएछ, सुशासन त्यहीँबाट आरम्भ भैहाल्छ” भन्ने टिप्पणी गरेका छन्।
बास्कोटाले भनेका छन् “जहाँ कङ्गाल त्यहीँ चण्डाल” भन्ने उखान प्रचलित रहेको उल्लेख गर्दै अहिले अवस्था बदलिएको भन्दै व्यङ्ग्य गरेका छन्।