बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नयाँ मन्त्रिपरिषद्को सार्वजनिक सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग

सोमबार, चैत्र ३० २०८२

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले सम्पत्ति विवरण सार्वजनिक हुनु सकारात्मक भए पनि त्यसको स्रोतसमेत खुलाउन आवश्यक रहेको बताएका छन्। “सम्पत्तिको विवरण त आयो, अब त्यसको स्रोत पनि आउनुपर्छ,” उनले उल्लेख गरेका छन्।

उनले स्रोत खुलाउन नसकिएको सम्पत्तिलाई भ्रष्टाचारसँग जोडेर हेर्न सकिने टिप्पणी गरेका छन्। “सरकारमा रहेका सबैको सम्पत्ति कति भन्ने सार्वजनिक भयो, अब त्यसको स्रोत पनि खुलाइदिनु राम्रो हुन्छ,” उनले लेखेका छन्।

साम्पाङले स्रोतविहीन सम्पत्तिले शंका उत्पन्न गर्ने भन्दै स्पष्ट रूपमा आम्दानीको आधार सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।