शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नागढुङ्गा सुरुङमार्गकाे सवारी शुल्क सार्वजनिक

शुक्रबार, चैत्र २७ २०८२

काठमाडौँ . भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्कदर सार्वजनिक गरेको छ।

मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सडक बोर्ड ऐन, २०५८ को दफा ६ उपदफा (१) अनुसार मन्त्रिपरिषद्को निर्णयका आधारमा सुरुङमार्ग उपभोगबापत दस्तुर निर्धारण गरिएको जनाएको छ। मन्त्रिपरिषद्ले गत साउन २६ गते नै शुल्क निर्धारण गर्ने निर्णय गरेको थियो।

प्रकाशित दरअनुसार सवारीसाधनका लागि शुल्क यसप्रकार तोकिएको छ ।

कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० तोकिएको छ । यस्तै मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि रु ११५ र बाहिरिँदा रु ८० तथा बस, ट्रक (सिङ्गल रियर एक्सल) प्रति सवारीसाधन प्रवेश गर्दा रु २६० र बाहिरिँदा रु २०० शुल्क तोकिएको छ ।

मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० तोकिएको छ ।