बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा हरियाली, ४५ अंकले बढ्दा आठ अर्ब ३१ करोडको शेयर किनबेच

बुधबार, चैत्र २५ २०८२

काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन दुई दशमलव ६१ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार ४५ दशमलव १२ अंकले बढेर २८ सय दुई दशमलव ५२ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७५ अंकले बढेर चार सय ७६ दशमलव ८८ अंकमा चढेको छ । तीन सय ४६ वटा कम्पनीहरुको ९८ हजार एक सय ६२ पटकको कारोबारमा एक करोड ८८ लाख १६ हजार आठ सय आठ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार चार सय ४१ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढे नेप्सेमा हरियाली छाएको छ । आज बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव ८४ अंकले बढेर १४ सय ६८ दशमलव ७२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ९९ दशमलव ५२ अंकले बढेर तीन हजार नौं सय सात दशमलव १६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ६७ दशमलव २८ अंकले बढेर १२ हजार आठ सय ६५ दशमलव ८१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ११ दशमलव ६४ अंकले बढेर ११ हजार एक सय ३५ दशमलव ७४ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने स्वेतगंगा हाईड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एसवाई प्यानल नेपाल लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।