शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अर्याल, झाँक्री लगायत एमालेका १८ सांसदले दिए ‘साइबर बुलिङ’का विषयमा उजुरी

मंगलबार, चैत्र २४ २०८२

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) की महिला सांसदहरूले किशोरीहरूमाथि बढ्दै गएको साइबर बुलिङको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

उजुरी दिनेमा एमालेकी सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्री लगायत १८ महिला सांसद रहेका छन्।

उजुरीमा उल्लेख छ कि सामाजिक सञ्जाल र विभिन्न भर्चुअल प्लेटफर्ममार्फत किशोरीहरूमाथि साइबर बुलिङ, दुव्र्यवहार, अपमानजनक व्यवहार, घृणा र टीका टिप्पणी गरिँदै आएको छ। यसले किशोरीहरूको आत्मसम्मान, मानसिक स्वास्थ्य र सामाजिक सुरक्षामा गम्भीर असर पुर्याएको जनाएको छ।

महिला सांसदहरूले यस प्रकारका घटनाको छिटो र प्रभावकारी छानबिन, अनुसन्धान र पीडितलाई तात्कालिक सुरक्षा तथा न्याय सुनिश्चित गर्न नेपाल प्रहरीले कदम चाल्न माग गरेका छन्।