शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भवन निर्माण घुसकाण्डः अख्तियारद्वारा तीन जना पक्राउ

मंगलबार, चैत्र २४ २०८२

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले धनकुटा र भोजपुर जिल्लामा भवन निर्माणसँग सम्बन्धित घुसकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले भोजपुरस्थित एक विद्यालयको भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रियामा अवरोध सिर्जना गर्दै सेवाग्राहीसँग ८५ हजार रुपैयाँ घुस लिएका थिए।

आयोगको टोलीले सुमन राईलाई ललितपुरबाट तथा कार्की र श्रेष्ठलाई इटहरी, धनकुटा र भोजपुरका विभिन्न स्थानबाट आवश्यक कागजात र मोबाइलसहित नियन्त्रणमा लिएको जनाएको छ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उनीहरूमाथि हाल थप अनुसन्धान जारी रहेको छ।