शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

आइतबार, चैत्र २२ २०८२

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् ।

आईतवारको प्रतिनिधिसभा बैठकमा रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, र भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालले समर्थन गरे ।

उपसभापति अर्यालको मात्र प्रस्ताव आएसँगै सभा प्रमुख ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरे । नवनिर्वाचित सभामुख अर्याललाई कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरिएको छ।

अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। पार्टी सभापति लामिछाने सहकारी ठगी अभियोगमा पक्राउ परेका बेला उपसभापति अर्यालले पार्टी नेतृत्व गर्दै आएको र यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हालेको उल्लेख छ।