शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सर्वदलीय बैठक बस्दै

बुधबार, चैत्र १८ २०८२

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् सचिवालय को आह्वानमा दिउँसो २ बजे उक्त बैठक बस्न लागेको हो ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डे ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूको बैठक बस्ने जानकारी दिएका छन् ।

फागुन २१ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधि सभा मा ६ वटा दलले प्रतिनिधित्व गरेका छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।

सचिवालयले ती दलहरूसँग छलफल गरी संसद्को आगामी कार्यसूची र प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा सहमति जुटाउने तयारी गरेको जनाएको छ ।

यसैबीच, सरकारले यही चैत १९ गते प्रतिनिधिसभा बैठक बोलाइसकेको छ ।