शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

देउवा नेतृत्वको कांग्रेसले बोलायो चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक

सोमबार, चैत्र १६ २०८२

काठमाडौँ । नेपाली कांग्रेस को चौधौँ महाधिवेशन (चौम)बाट निर्वाचित केन्द्रीय समितिको बैठक काठमाडौँमा आह्वान गरिएको छ।

बैठक सभापति शेरबहादुर देउवा नेतृत्व समूहले डाकेको हो भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई दिने बैठकको आयोजना गरेका छन्।

कार्यवाहक सभापति खड्का निकटका नेताका अनुसार बैठकको पहिलो दिन (चैत १६) नयाँ निर्वाचित सांसदहरूलाई बधाई दिने र छलफल प्रारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसपछि, चैत १७ र १८ गते चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक हुनेछ भने चैत १९ गते पार्टीका जिल्ला सभापतिहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।